Breaking

प्रदीप गिरिको निधनमा लहानमा शोक बिदा


काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधन भएको शोकमा सिराहाको लहानमा बिदा दिइएको छ ।

नगर क्षेत्रभित्र शोक बिदा दिइएको मेयर महेशप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार नगरपालिकाभित्रका क्याम्पसहरू, शैक्षिक प्रतिस्ठानहरू र उद्योग बाणिज्य संघ पनि बन्द रहने छन् ।

लहान गिरिको गृहनगर हो । उनले आफूलाई भेट्न आउनेहरूसँग आफ्नो अन्त्येष्टि जिल्लाकै बस्तीपुरमा गरिदिन आग्रहसमेत गरेका थिए । तर, नेपाली कांग्रेसले पशुपतिमै उनको अन्तिम संस्कार गर्ने निर्णय गरेको छ ।