Breaking

गिरिको निधनले राजनीतिमा गहिरो अभाव अनुभूति भएको छ : प्रचण्ड


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेता प्रदीप गिरिको निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।

शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा गिरिको निधन भएको हो । गिरिलाई श्रद्धाञ्जली ब्यक्त गर्दै प्रचण्डले उनको निधनबाट नेपाली राजनीतिमा गहिरो अभावको अनुभूति गरेका छन् ।

‘नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली काँग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ,’ प्रचण्डले भनेका छन्, ‘गिरिको निधनबाट समकालिन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु ।’

कांग्रेसका नेता गिरिको ७५ वर्षको उमेरमा शनिबार राती निधन भएको हो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि गिरिलाई ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। ईसीयूमा उपचारका क्रममा शनिबार राति ९ बजेर ३० मिनेटमा उनको निधन भएको हो ।