राजनीति

हाम्रो समयको अविश्रान्त समाजवादी कमरेड प्रदीप गिरि : घनश्याम भुसाल


काठमाडौँ — नेकपा एमालेका नेता घनश्याम भुसालले कांग्रेस नेता प्रदीप गिरिलाई आफूहरूले पनि सम्झिरहने बताएका छन् ।

कांग्रेस नेता गिरिको उपचारका क्रममा शनिबार निधन भएको हो । गिरिलाई सम्झिने क्रममा एमाले नेता भुसालले ‘कमरेड’ भनेर सम्बोधन गरेका छन् ।

नेता भुसालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हाम्रो समयको अविश्रान्त समाजवादी कमरेड प्रदीप गिरि, हाम्रो यात्राभरि तपाईंलाई सम्झिरहने छौँ ।’