Breaking

कांग्रेस नेता प्रदीप गिरिको निधन



काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ ।

७५ वर्षका नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

उनको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो । परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो ।