Breaking

ओली बाहेकका कम्युनिष्ट एक, प्रचण्ड–माधव एक हुने तयारीमा,कहाँ अटाउलान वाबुराम ?


काठमाडौँ — वामएकताको लागि प्रयासरत तत्कालिन नेकपाका नेताहरु एक ठाँउमा उभिएपछि विभिन्न कोणबाट विश्लेषण सुरु भएको छ । कसैले यसलाई समाजवादी केन्द्र निर्माणको सुरुवातका रुपमा अथ्र्याएका छन भने कसैले एमाले बाहेकका कम्युनिष्टको धुव्रीकरणका रुपमा बुझेका छन् । तर कतिपयले भने यो कांग्रेस र एमाले तह लाउने प्रचण्डको अस्त्र मात्र भएको टिप्पणी समेत गरेका छन ।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा माओवादीको चुनाव चिन्हबाट लड्ने डा.बाबुराम भट्टराई र वामदेव गौतमको निर्णयले नेपाली राजनीतिमा तरंग आएको छ । निर्वाचनको मिति घोषणा हुनु अघि वाम मोर्चाको छलफलमा एकीकृत समाजवादी, माओवादी केन्द्र, वामदेव गौतम लगायतका नेता लागेको भए पनि त्यसले पूर्णता पाउन सकेको छैन । त्यसरी चुनावमा जान मिल्ने गरि निर्वाचन आयोगले पनि अनुमति दिइसकेको छ । तर वाम दलहरुबीच त्यस खालका छलफल पछिल्ला दिनमा भएका छैनन् ।

प्रचण्डले बाबुराम भट्टराईसँग कार्यगत एकता गरेका छन् । गौतमले एमाले सहितको वामएकताको सम्भावना नरहेपछि पूर्व नेकपाका नेतासंग उनको भेटघाट बढेको थियो । यहिवीचमा भट्टराईपनि समाजवादी केन्द्र निर्माणको वहसमा सहभागी भएका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी एक हुनुपर्ने बताँउदै गर्दा गौतमले भने समाजवादी केन्द्र निर्माणका लागि एकीकृत समाजवादी र माओवादी चुनाव अघि नै एकहुनु पर्ने सुझाव दिदै आएका थिए । यहिवीचमा एउटै चुनावचिन्हबाट लड्ने उनीहरुको निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

जसलाई प्रचण्डले पनि पुष्टि गरेका छन । पुरानै तरिकाले राष्ट्रको आवश्यकता पूरा नहुने भएकाले वामपन्थी आन्दोलनलाई एकीकृत र ध्रुविकृत गरेर अगाडि बढ्नुपर्ने बताएका उनले आफू अहिले वामपन्थी आन्दोलनलाई एकीकृत गर्न सक्रिय रहेको बताएका थिए । यो सक्रियतामा केही समाचार सकारात्मक भएको महसुस गरेको बताएका प्रचण्डले त्यसको उदाहरणको रुपमा भट्टराई र गौतमको निर्णयलाई उल्लेख गरेका थिए ।

प्रचण्ड निरन्तर रूपमा एमाले र अध्यक्ष केपी ओलीमाथि दबाब बढाउन चाहिरहेका छन् । ओलीलाई दबाबमा राखेर एमालेलाई चुनावी त्रास सिर्जना गर्न खोजिरहेका प्रचण्ड कम्युनिस्ट पार्टीहरूमध्ये पहिलो हुने दाबी गर्न थालेका छन् । यहि कारण साउन ३१ म माओवादी केन्द्र स्थायी कमिटीको बैठकले एकीकृत समाजवादीसँग एकता संयोजन समिति बनाउने निर्णय गरेको थियो ।

यता नेकपा एकीकृत समाजवादी पनि चुनावपछि नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने गरी एकता संयोजन समिति बनाउन तयार भईसकेको छ ।समितिमा पार्टीका शीर्ष नेताहरु अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु रहनुपर्ने सुझाव दिएको एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले बताएका छन । यद्यपी एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनाल सहित वहुमत संख्या भने एमालेसँगको एकताको पक्षमा छन । यसको मतलव खनालकै कारण चुनाव अघि नै यी दुई पार्टी एकताको सम्भावना कम रहेको छ ।

नेपाली कांग्रेससँग गठबन्धनमा रहेका एकीकृत समाजवादी र माओवादी केन्द्रलाई चुनावमा सिट बाँडफाँट चुनौतीपूर्ण छ । फलत आफूहरु कमजोर हुने र सिट बार्गेनिङ पावर कम हुने देखर एकीकृत समाजवादीले यस्तो कदम चालेको माओवादीकै नेताहरुले बताँउदै आएका छन । जसकारण यो केवल मनोवैज्ञानिक त्रास र भागवन्डामा हिस्सा बढाउने अश्त्रभन्दा माथि नउठ्ने कतिपयको बुझाइ छ । तर यसले ओलीलाई भने एक्ल्याएको विश्लेषक प्रा.डा.प्रेम शर्मा बताउछन ।

सत्ता गठबन्धनभित्र समाजवादी केन्द्र निर्माणको वहसमा सहभागी दलहरुले केवल निर्वाचनलाई लक्षित गरेर यो विषय चर्चामा ल्याएको पनि धेरैको आशंका छ ।तर यसले कांग्रेसर एमालेमाथि दबाब बढाउनेमा भने कुनै शंका छैन । जसले आवश्यक पर्दा वामगबठन्धन र मोर्चाबन्दीको परिस्थिति निर्माणका लागि दबाब सिर्जना हुनेमा दलहरु ढुक्क देखिन्छन ।