Breaking

कम्युनिस्ट पार्टीमा पद मागेर पाइने होइन: देव गुरुङ


काठमाडौँ — नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले कम्युनिस्ट पार्टीमा आफ्नो टिम बनाउने अधिकार नेतृत्वको नै हुने भन्दै यो मागेर पाउने विषय नभएको बताएका छन् । शनिबारको स्थायी समिति बैठकले महासचिवको जिम्मेवारी दिएपछि कुराकानी गर्दै उनले कम्युनिस्ट पार्टीमा पद मागेर नपाइने बताए ।

‘कम्युनिस्ट पार्टीमा कार्यकारी टिम बनाउने, पदाधिकारीको टिमको प्रस्ताव राख्ने अथोरिटी अध्यक्षको नै हो’ उनले भने, ‘मैले सुरुदेखि नै पद मागदावी गर्ने होइन भन्दै आएको छु । बहुपदमा जाने सिष्टम पनि कम्युनिस्ट आन्दोलनमा कमै अभ्यास भएको विषय हो । बहुपदमा गए पनि पदको मागदावी गर्नु राम्रो होइन, पार्टीले जे जिम्मेवारी दिन्छ, त्यो स्वीकार गर्ने हो ।’ उनले पार्टीमा एकीकृत नेतृत्व प्रणाली बलियो बनाउन आफूले जोड दिने बताए ।