Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

देश

पानी भरिएको खाडलमा डुबेर ७ वर्षीय बालकको मृत्यु


काठमाडौँ — पानी भरिएको खाडलमा डुबेर बाँकेमा एक बालकको मृत्यु भएको छ । अम्बे स्टिल उद्योगले पर्खाल निर्माणका लागि खनेको करिब १० फिट गहिरो पानीसहितको खाल्डोमा डुबेर ७ वर्षीय बालकको मृत्यु भएको हो । जानकी गाउँपालिका वडा नम्बर ५ छब्बनपुर्वा निवासी ७ वर्षीय बालक सञ्जु कलबरको शनिबार बिहान पानी भरिएको खाडलमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता९डीएसपी० रामप्रसाद घर्तीमगरले बताए ।

जानकी गाउँपालिका वडा नम्बर ५ मा अम्बे स्टिल उद्योगले पर्खाल निर्माणका लागि खनेको करिब १० फिट गहिरो खाल्डोमा पानी जमेको थियो । उक्त घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिहान करिब ५ बजेतिर बालक शौच गर्न निस्केका बेला उक्त पोखरीमा डुबेका थिए । मृतक बालकका परिवारले दोषीलाई कारबाही, पीडित परिवारलाई क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन् ।