काठमाडौँ — पुर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेमै बसेको भए हरिबिजोग हुने बताएका छन् । शनिबार युवा संघ उपत्यका विशेष कमिटीको कार्यक्रममा अध्यक्ष नेपालले एमालेमा दश बुँदे सहमति गरेर बस्ने नेताहरुको हरिबिजोग रहेको बताए ।
एमालेमै बसेको भए यतिखेर दश भाइ जस्तै हरिबिजोग हुने रहेछ’, अध्यक्ष नेपालले भने । तर एकीकृत समाजवादी बनाएर अगाडि बढ्ने चट्टानी अडान लिएको उनले बताए । ‘अहिले हामी राष्ट्रिय शक्ति बनेका छौं, ६ हजार ७४३ पालिकामा हामी छौं’, अध्यक्ष नेपालले भने ।


प्रतिक्रिया