काठमाडौँ — सत्तारुढ नेपाली कांग्रेसले ४ मंसिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी भदौ १० देखि २४ सम्म चुनावी अभियान घोषणा गरेको छ । जनताको साथमा कांग्रेस नामको उक्त अभियानका ७७ जिल्लामा नै केन्द्रीय प्रतिनिधि खटाउने र केन्द्रीय प्रतिनिधिका लागि आइतबार अभिमुखीकरण कार्यक्रम राखेको छ ।
केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधि लगायतको बैठक बोलाउने शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।यो अभियानका लागि प्रदेश समिति र जिल्ला समितिले समेत मातहतमा प्रतिनिधि खटाउन सक्नेछ ।


प्रतिक्रिया