Breaking

माओवादी स्थायी कमिटी बस्दै, पदाधिकारी टुंग्याउनै सकस


काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।

पार्टीका प्रवक्ता कृष्णबहादुर महराका अनुसार शनिबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । यसअघि शुक्रबार बसेको स्थायी कमिटी बैठकले पदाधिकारी टुंगो लगाउने विषयमा छलफल गरेको महराको भनाई छ ।

गत बिहीबार नै पदाधिकारी टुंगो लगाउने भनिएपनि २ पटकसम्म बैठक स्थगित भएको थियो । शुक्रबार बिहान करिब १ घन्टा ढिलागरी सुरु भएको बैठकले पदाधिकारीको टुंगो लगाउने बताइएको थियो । तर, पनि कुनै टुंगोमा नपुगि बैठक स्थगित भयो।

माओवादीमा पदाधिकारी चयनको विषय सकस बन्दै गएको छ । पदाधिकारी संख्या थपेर भएपनि आजको बैठकमा प्रचण्डले नाम पढेर सुनाउने संभावना रहेको नेताहरुले बताएका छन् । आकांक्षी ब्यवस्थापन गर्न नसक्दा सकसमा परेका प्रचण्डले पार्टीमा पछिल्लो समय पदको लोभ बढ्दै गएको टिप्पणी गरेका थिए ।