काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र पद र प्रतिष्ठाका निम्ति प्रतिस्पर्धा बढ्न थालेको गुनासो गरेका छन्।
पार्टीको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग वाईसिएल नेपालको दोस्रो राष्ट्रिय भेला शुक्रबार उद्घाटन गर्दै उनले यस्तो गुनासो गरेका हुन्।
जनयुद्धका बेला मर्न जानका लागि पनि प्रतिस्पर्धा हुने गरेको स्मरण गर्दै प्रचण्डले अहिले पद, प्रतिष्ठा र सुविधाका लागि प्रतिस्पर्धा केन्द्रित हुने गरेको बताए।


प्रतिक्रिया