काठमाडौँ — भाइबरको आफ्नो डिजिटल वालेट र अन्य सुविधाहरूमा विस्तारका साथ एपसँग प्रयोगकर्ताहरूको अनुभवलाई सुधारगर्नमा प्राथमिकता आफ्नो मूल मेसेजिङ र कलिङ सुविधा बाहेक प्रयोगकर्ताहरू लाई अन्य विस्तारित सेवाहरू प्रदान गर्न कटिबद्ध रहेको राकुटेन भाइबरले सुपरएप हुने आफ्नो उद्देश्यलाई पूर्णता दिने अत्यन्तै महत्वपूर्ण कदम लिएको छ।भाइबरको प्रमुख कार्यकारी निर्देशकको पदमा भर्खरै नियुक्ती पाएका ओफिरइयालले भाइबरलाई अब फिनटेक श्रेणीमा पनि ल्याउने भएका छन्।
प्रयोगकर्ताहरू लाई प्लेटफर्म भित्रै डिजिटल वालेट बनाउने सुविधा प्रदान गर्दै, भाइबर इन एप पेमेन्ट सर्भिस सुरु गर्न तयार भइसकेको छ।बिलतिर्न, सामान खरिद गर्न र अन्य व्यक्तिहरूलाई पैसा ट्रान्सफर गर्नका लागि भाइबरको पेमेन्ट सर्भिस बैंक अकाउण्ट एवम्भिजार मास्टर कार्ड सँग लिङ्क गर्न सकिनेछ।भाइबरले सुरुमा प्रोयग कर्ताहरूलाई निःशुल्क उपलब्ध पियर टूपियर ट्रान्सफर सार्वजानिक गर्नेछ ।उक्त सेवा यस गर्मीयामको अन्त्यतिर जर्मनी र ग्रिसमा उपलब्ध हुनेछ, यस सेवाको प्रारम्भिक कालमा, अन्य मार्केटहरूमा सार्वजनिक गर्न पहिले सेवालाई थप परिमार्जन गर्न आवश्यक कुराहरू बारे भाइबरले आफ्ना प्रयोगकर्ताहरूबाट सल्लाह सुझाव लिनेछ। उपस्थित व्यवधान हरूमा कम्पनीको उद्देश्य प्राप्तिका निम्ति लागिरहँदा एक सिइओका हैसियतले राकुटेन भाइबरको उद्देश्य केन्द्रित टिमको नेतृत्व लिन र हिस्सा बन्न पाएकोमा मज्यादै गौर वान्वित महसुस गरिरहेकोछु।यसका साथै, प्रयोगकर्ताको अनुभवलाई सुधार गर्न र अन्ततःएक सुपर एपबन्नका लागि एप सञ्चालन र विस्तार गर्ने कुरामा हामी भाइबरको उच्च मापदण्ड र नवीन भावना कायम राख्न चाहन्छौँ। भाइबरले आज जुन प्रतिष्ठा आर्जेको छ । त्यस स्थानमा ल्याई पुर्याउनका निम्ति हाम्रो यात्रामा साथदिनुहुने सम्पूर्ण कर्मचारीहरूप्रति मसदैव आभार रहनेछु। ओफिरइयालले भने।
हाम्रो प्रयोगकर्ताहरू र यस संस्थालाई सेवागर्नका निम्ति म आफ्नो जिम्मेवारीको अभिभारापूर्ण रूपमा वहन गर्नेछु।यो यात्रा अवश्य चुनौती पूर्ण हुनेछ तर प्रविधिको क्षेत्रमा हामीले दिएको बचन पूरा गर्न म लगायत मेरो संस्था पूर्णरूपमा समर्पितछौँ।
गतवर्ष अगस्टमा भाइबरको सिइओमा नियुक्ति पाएका इयालले कम्पनी सँग गरेको ७ वर्षको यात्रामा कम्पनीको विकासमा र भाइबरलाई प्रयोगकर्ताहरूको थप नजिक ल्याउन अत्यन्तै महत्वपूर्ण योगदान दिएका छन्।सिइओमा नियुक्तिहुन अघि राकुटेन भाइबरमा भाइस प्रेसिडेन्ट अफ प्रडक्टको पदमा रहेका इयाल प्रयोगकर्ताको अनुभव, ग्राहकको सफलता, कण्टेण्टर स्थानीयकरण जस्ता क्षेत्रहरू सम्हाल्दै आइरहेका थिए।
हालै, भाइबरले गरिरहेको प्रगतिहरूले प्रयोगकर्ताहरूलाई एकअर्का सँग कम्यूनिकेट गर्न प्रोत्साहित गर्नुका साथै व्यापार र मनोरञ्जन दुवै माउनीहरूको अनुभवलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्ने सुविधाहरू प्रदान गरेको छ।कम्पनीको सबै भन्दा उच्च पद सम्हालिरहेका इयालले कम्पनीको महत्वाकांक्षी उत्पादन विकास र बजार विस्तारका लागि गरिने प्रयासहरूको निरीक्षण गर्दछन्।यसका साथै, भाइबरले आफूलाई विश्वकै अग्रस्थानमा कायम राखिरहँदा, इयाल कम्पनीको विकासमा थप सहयोग पुग्ने नयाँ नयाँ अवसरको अन्वेषणमा पनि लागि परेका छन्। एसीया पेसेफिक,पछिल्लो दिनहरूमा, भाइबर सबैभन्दा तिब्र गतिमा विकास भइरहेको क्षेत्रहरू मध्ये एक हो।
यस क्षेत्रमा भाइबरको प्रयोगकर्ताहरू प्रत्येक वर्ष२० प्रतिशतको दरले बढिरहेका छन्र साझेदारी योजनाहरूलाई आफ्नो क्षेत्रमान विनढङ्गबाट निरन्तर सञ्चालन तथा कार्यान्वयन गर्दै आइरहेको छ।यस कुरालाई मध्यनजरमा राख्दै, एसीया पेसेफिक क्षेत्रमा भाइबरको लगानी जारी छ । थपदेश विशेष साझेदारहरू उत्पादन गर्दै, रणनीतिर अफरहरूलाई स्थानीयकरण गर्दै र भाइबर प्रयोगकर्ताहरूलाई फाइदाहरू उपलब्ध गराउँदै अझ शीघ्रगतिमा आफ्नो युज र वेश फैलाउन राकुटेन भाइबरपूर्ण रूपमा तयार भइसकेको छ। नेपालमा, ग्रुपच्याटमा ३८ प्रतिशत, ग्रुपमा पठाइएको मेसेजमा २६ प्रतिशत र कम्यूनिटी भ्यूवरमा ३९ प्रतिशत वृद्धिको साथ, नेपालमा भाइबर सबैभन्दा विशिष्ट र सर्वाधिक विश्वास गरिने एपमा पर्दछ। एपले नेपालमा व्यक्तिगत प्रयोगकर्ता लगायत ठूला साना व्यवसाय र शैक्षिक संस्थाहरूबाट उल्लेखनीय रूपमा विश्वास र इमान्दारिताबाट लिसकेको छ ।


प्रतिक्रिया