देश

नेपालमा पहिलो पटक नबिलफोनलोन – क्यू आर मर्चेन्ट सुभारम्भ


काठमाडौँ — नबिलबैंकले नेपालमा पहिलो पटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा सुभारम्भ गरेको छ । नबिलफोनलोन – क्यू आर मर्चेन्टनामकोसेवाको सुरुवात् सँगै क्यू आर मर्चेन्टले घरमाबसीबसीकुनै पनिधितो बिना नै नबिल स्मार्ट बैकिंङ मार्फत् तुरुन्तै कर्जा पाउन सक्नेछन् ।

नबिलबैंकले ग्ल्ऋम्ँको सहकार्यमा साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरुलाई लक्षितगरि यो सुविधा ल्याएको हो । यस सेवाअन्तर्गत कर्जा लिनचाहने व्यवसायीहरुले नबिलको क्यू आर मर्चेन्टमा एकल नाम मादर्ता हुनुपर्नेछ र नबिल स्मार्ट बैकिंङ लिनुपर्नेछ ।

त्यसका साथसाथै अघिल्लो महिनामा पाँचवटा क्यू आर कारोबारबाट रु १० हजार बराबरको कारोबार गर्नु पर्ने छ र पछिल्लो चार हप्तामा हरेक हप्ता एउटा कारोबार हुनु पर्ने छ । यो नबिलले ल्याएको पूर्ण रुपमा डिजिटल सेवाहो । हामीले कुनै धितो बिना नै क्यू आर कारोबारलाई आधार मानेर हाम्रा क्यू आर मर्चेन्टहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहनगर्न नेपालमा पहिलो पटक यो सुविधा ल्याएका हौं,” बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना बताउनु हुन्छ ।

उनले योसेवाले साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीहरुलाई आफ्नो व्यवसाय बिस्तार गर्न मद्दत पुग्ने र डिजिटल बैकिङ प्रयोग गर्न प्रेरणा मिल्ने बताउनु भयो । शुरुवाती चरणमा व्यवसायीहरुले रु १ लाख सम्मको बिना धितो कर्जा एक महिनाका लागि लिन सक्नेछन् । यस सुविधालाई अझ परिमार्जित गरि कर्जा रकमतथा समय थप्दै जाने बैंकले जनाए । यस भन्दा अघि नबिलबैंकले पहिलो पटक तलबी व्यक्तिकालागि बिनाधितो डिजिटल कर्जा सुविधा नबिल फोन लोन ल्याएको थियो ।