देश

एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने


काठमाडौँ — आउँदो चाड पर्वलाई मध्यनजर गर्दै एनएमबि बैंकले अहिलेबाट नै क्यासब्याक अफर प्रस्तुत गरेको छ । एनएमबिकाग्राहकले अब बुद्घ एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा ने.रु. क्रमशः ३५० र ५०० क्यास ब्याकसुविधापाउने भएका छन ।

क्यासब्याक सुबिधाको लागिग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ई–कमर्स सक्रिय गर्नु पर्ने छ । यो सुविधासिमितअवधिको लागीमात्रउपलब्ध रहनेछ । बैंकले आफ्नो सेवाअभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुतगर्दै आइरहेको छ ।

छुट सम्बन्धि थपजानकारीको लागी [email protected]/[email protected] मेल गर्न सकिनेछ । एनएमबिबैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवाप्रदानगर्दै आइरहेका छ ।