Breaking

हर्क साम्पाङको उग्ररुप छताछुल्ल, बालेनलाई सकाएर हिरो बन्ने खेल (भिडियोसहित)


काठमाडौँ – देशमा दुई जना मेयर छन्, जो बेस्मारी फुर्किएका छन् । अब नेपालीहरुको बानी हो, राजनीतिक दलबाट वाक्कदिक्क बनेपछि स्वतन्त्रका नाममा यी दुईलाई जिताइदिए । तर उनीहरु स्वतन्त्र भन्न पनि लाज लाग्ने गरि गाइजात्रा देखाइरहेका छन् । अब उनीहरुको अह्मता यतिसम्म बढेको छ कि, आफु नभएर आकाशै खस्ला, धर्ती फट्ला जस्तो हैकम देखाउन खोजिरहेका छन् । हुनत्, देशमा ७५३ वटै पालिकाहरु छन् र ती सबैमा मेयरहरु छन् । तर यो देश, यी दुईले थामे जस्तो गरिरहेका छन् । सामाजिक सञ्जालभरी त्यसकै चर्चा परिपर्चा भइरहेको छ । एउटा रातारात मेयरलाई भगवान् बनाउनेहरुको समूह छ । अर्काे होइन, उनीहरु त प्रधानमन्त्री नै बन्नुपर्छ भन्नेहरुको समूह छ । यही भगवान् बनाउनेहरुकै कारण आजउनीहरु अराजक बन्दै गएका छन् ।

बालेन्द्रले जवाफ फर्काएपछि यी दुई स्वतन्त्र मेयरबीच चलेको जुहारी रोकिएको छैन। बरु बालेन त्यसपछि मौन छन्। 

तर जुनसुकै समय सामाजिक सञ्जालमा लेखिरहने बानी परेका हर्कले फेरि बालेन्द्रलाई चिढ्याउने गरी बिहीबार साँझ फेसबुक पोस्ट लेखेका छन् । जहाँ उनले बालेनको नाम नलिइ फोहोरसम्म सोहोर्न नसक्नेले के फुइँ लाउनु भन्दै व्यंग्य कसेका छन् ।