काठमाडौँ — स्थानीय निर्वाचन पश्चात शान्त देखिएको कांग्रेसको शेखर कोईराला पक्षले पार्टीभित्र दवाव बढाँउदै लगेको छ । कहिले छुट्टै भेला आयोजना गर्ने कहिले टिकट बाडफाडमा मनपरी नगर्न चेतावनी दिन गरेकोे यो समूहले आज खवरदारी कार्यक्रम नै गरेको छ । जसलाई कतिपयले भने भागको वार्गेनिङको रुपमा विश्लेषण गर्न थालेका छन ।
आफैभित्र विभिन्न विवादै विवादमा रुमल्लिएको नेपाली कांग्रेसमा गुटगत समूहहरु सक्रिय बनेका छन् । विशेषत : नजिकिदो निर्वाचन र सभापती शेरबहादुर देउवाको पेलानबाट शंसकीत डा.शेखर कोईराला पक्ष पछिल्लो समय सक्रिय बन्न थालेको हो । केन्द्रीय सदस्य मनोनयबाटै अन्तुष्ट रहेको यो पक्ष स्थानीय तह निर्वाचन ताका पनि चर्को रुपमा प्रस्तुत भएको थियो । छुट्टै भेला राख्ने र समानान्तर किसिमका गतिविधि बढाएको कोईराला पक्ष स्थानीय निर्वाचनको नतिजा पश्चात भने चुपचाप जस्तै बन्दै आएको थियो । लगत्तै केन्द्रीय समिति बैठकमा आफ्नो पूर्ववत माग विरुद्ध गएर गठबन्धन गर्ने पार्टीको प्रस्तावलाई सर्वसहमत स्वीकारेको थियो । यहि कारण कांग्रेसभित्रको किचलो केहि शान्त हुने अनुमान गरिएपनि निर्वाचनको मुखमै भने त्यो गलत सावित भएको छ ।
निर्वाचनको मिति घोषणा भएसंगै छुट्टै भेला राखेको कोईराला समुहले आफू निकट समूहका जनप्रतिनिधि र नेताहरूको छुट्टै भेला समेत आयोजना गर्दै आएको छ । सभापतिले बोलाएको भेला सकिएको भोलिपल्टै नेता कोइरालाले आफूनिकट जनप्रतिनिधिलाई भेलामा बोलाएका हुन् । यतिमात्र नभएर कोइराला पक्षका भातृ संगठनहरुले एकाधिकार विरुद्ध खबरदारी कार्यक्रम समेत गरेका छन ।
भातृसंगठनमा भाग नपाएपछि असन्तुष्ट रहँदै आएको कोईराला पक्ष निकट नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल महिला संघले सो कार्यक्रम गरेको हो । जसलाई कतिपयले भने टिकटको वार्गेनिङ रुपमा समेत हेरेका छन । गठबन्धनभित्रै सिटबाँडफाटबारे टुङ्गो नलागेको अहिलको अवस्थामा चुनावकै वेला पेल्न सके मात्र देउवा ठाँउमा आउने कोईराला पक्षको बुझाई छ ।
उनको गुटभित्र उनी स्वयम र महामन्त्री गगनकुमार थापा समेत प्रधानमन्त्रीको आकंक्षी रहेकोले वढि भन्दा वढि आफू निकटले टिकट पाउन् भन्ने यो समूहको आशय छ । त्यस्तै कोईराला पनी अव कांग्रेसभित्र दुई धुव्रमात्र रहेको भाष्य निर्माणका लागि समेत आफ्नो संक्रियता बढाईरहेका छन । यहि माग लिएर सभापती देउवासंग कोईरालाको भेट नै भईसको छ । यो बुझेका देउवाले सभापति देउवाले यसपटक नेता विमलेन्द्र निधिबाहेक सबै नेताहरूलाई समेत समेटेर केन्द्रीय सदस्य मनोनयन गरेका छन् ।
उनीमाथि महाधिवेशनपछि प्रतिस्पर्धीलाई समेटेर हिड्न नसकेको आरोपलाई खण्डन गर्न र चुनावको मुखमा किचलो नगर्ने पक्षमा देखिएका उनले यसपटक केन्द्रीय सदस्य मनोनयनमा पाँच जना आफ्नो पक्षका नेतालाई समेटेर बाँकीमध्ये कोइराला समूहका दुईसहित नेता शशांक कोइराला, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहनिकट १–१ जनालाई समेटेका छन् । त्यस्तै मिलेर अघि जान आग्रह गरेका उनले हुने आगामी निर्वाचनका लागि सबैलाई न्याय हुनेगरी टिकट वितरण गरिने आश्वासन समेत दिएका छन ।
देउवाको आश्वानले कोईराला पक्ष ढुक्क हुने अवस्थामा भने छैन । फलत : दबाबमुलक कार्यक्रम पनि गर्दैै आएको यो समूह पक्षभित्र राष्ट्रिय भेला नै बोलाएर दबाब दिनुपर्ने आवाज उठ्न थालेको छ। तर आईतबारको भेट पछि कोईराला भने पर्ख र हेरको अवस्थामा छन् । यता दोश्रो तहका नेताहरु भने दुवै पक्ष मिलेर नगए त्यसको घानमा आफू परिने डरमा छन् ।
देउवा पक्षका नेताहरु समेत कोईरालाको पक्षका कार्यक्रम जाने तथा उपसभापती एवम् कोईराला पक्षका नेता धनराज गुरुङले देउवाको पक्षमा अभिव्यक्ती दिने कार्य यसैको संकेतका रुपमा हेर्न सकिन्छ । उनीहरु उग्र हुने भन्दा अन्तुष्टि कम गर्ने र मध्यमार्ग खोज्ने प्रयासमा क्रियाशिल देखिएका छन् । जसको प्रभाव पार्टीभित्र कस्तो पर्ला त्यो हेर्न भने टिकट वितरणको दिनसम्म कुनुपर्ने देखिन्छ ।


प्रतिक्रिया