Breaking

पदाधिकारी टुंगो लगाउन माओवादी केन्द्रको बैठक बस्दै


काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ ।

बिहीबार बस्ने भनिए पनि पटक-पटक सर्दै स्थगित भएको बैठक आज बस्न लागेको हो । 

बैठकबाट पदाधिकारीलाई अन्तिम रूप दिने माओवादीले जनाएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ । बैठक साढे ८ बजे बस्नेछ ।

आज पार्टीको अपूर्ण कमिटीहरुलाई पूर्णता दिने भएको छ । यसका लागि करिब–करिब पार्टीमा सहमति भइसकेको माओवादी केन्द्रले जनाएको छ ।