देश

कपिलवस्तमा पहिलो पटक तीज महोत्सव


काठमाडौँ — कपिलवस्तुमा पहिलो पटक तिज महोत्वस गरिने भएको छ । मौलिक तीज गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा १२ दिने तीज महोत्सवको आयोजना गरिने भएको हो। हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा नगरपालिकाको चन्द्रौटा रहटकोलस्थित महोत्सव स्थलमा भदौ २ देखि १४ गतेसम्म महोत्सव सञ्चालन गरिने भएको हो ।


छमछमि इन्टरटेमेन्ट प्रालिका आयोजनामा मौलिक तीजको जर्गेन गर्ने उद्देश्यले जिल्ला मै पहिलो पटक तीज महोत्सव सञ्चालन गर्न लागिएको आयोजकले बताएको छ । लामो समयसम्म कोरोना महामारीले गर्दा मनोरजनात्मक कार्यक्रमहरु ठप्प रहेकोले तिजको अवसर उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

कला संस्कृति परम्परा भेषभुषा संस्कारको पहिचान, युवा जगतको अभियान भन्ने मुला नारासहित आयोजित महोत्सवले मौलिक संस्कृतिलाई जगेर्ना गर्ने कार्यक्रम संयोजक चिन्ता परियारले बताए। महोत्सवलाई भव्य रुपमा सफल गराउन विभिन्न समितिहरुले काम गरिरहको उनले बताए ।

महोत्सवमा तीज नृत्य आइडल, खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरिएको सांस्कृतिक संयोजक सुमन पौडेलले बताए। विजेतालाई पुरस्कृत समेत गरिनेछ। राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसँगै महोत्सवले स्थानीय प्रतिभाहरुलाई पनि उजागर गर्ने बताए । उनले कला संस्कतिलाई संरक्षण गर्दै स्थानीयलाई प्राथमिकता दिन आग्रह गरे ।