देश

नेपाल शेर्पा विद्यार्थी संघद्वारा बृहत कार्यक्रम सम्पन्न


काठमाडौँ — नेपाल शेर्पा विद्यार्थी संघद्वारा आयोजित बृहत कार्यक्रम सम्पन्न भएको छ । बौद्व स्थित शेर्पा सेवा केन्द्र गुम्बामा माननीय शिक्षा मन्त्री देबेन्द्र पौडेल ज्यूको प्रमुख आतिथ्यतामा सफलता पुर्वक सम्पन्न भएको शेर्पा विद्यार्थीसंघका उपाध्यक्ष छिरिङ शेर्पाले जानकारी दिनु भयो ।

यस कार्यक्रममा पूर्वमन्त्री माननीय कृपाशुर शेर्पा पूर्वराज्य मन्त्री डा. याङ्किला शेर्पा, पूर्वसभासद आङ दावा शेर्पा, बेल्जियमका लागि राजदूत आङ् छिरिङ शेर्पा, नेपाल शेर्पा संघ तथा आदिबासी जनजाती महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, नेपाल आदिबासी जनजाती विधार्थी महासंघका अध्यक्ष चन्द्र प्रसाद चौधारी लगायत एम डि डा. कुन्जाङ शेर्पा, प्रशासन अधिकृत टुक्ति शेर्पा, संसद सचिबलय अधिकृत बिनुका शेर्पा, चाबाहिल मालपोत अधिकृत निमा तेन्जिङ शेर्पा तथा विभिन्न संघ संस्था र किदुकका अध्यक्षहरू, उद्धामी, व्यपारी, लगानीकर्ताहरूको उपस्थिति भएको जानकारी शेर्पाले दिनुभयो ।

बिधार्थीहरूलाई लक्षित उक्त कार्यक्रममा देशको बिभिन्न जिल्लहरूबाट एस.ई.ई उतिर्ण ५५० जना भन्दा बढि शेर्पा बिधार्थीहरूलाई सम्मान गरिएका छन् । अन्य स्तर तथा क्षेत्रहरू समेटि कुल ६३४ जनालाई सम्मान पत्र, प्रशंस पत्र तथा प्रमाण पत्र वितरण समेत गरेका छन् ।

कार्यक्रममा शेर्पा समुदायको ३१ जना बिधार्थीहरूलाई बिभिन्न शिर्षकहरूमा विधा पुरस्कार प्रदान गरिएका थिए भने १७ जना एस.ई.ई उतिर्ण बिधार्थीहरूलाई पुरा छात्रवृतिको पनि व्यावस्था गरेका थिए । यसै कार्यक्रममा देश तथा बिदेशमा छरिएर रहेका शेर्पा यूवा तथा विधार्थीहरूको प्रतिभ, क्षमता र उपलब्धिहरूलाई संस्थागत अभिलेखको रूपमा प्रतुत गरि “शेर्पा सन्देश २०७९” नामक पुस्तक समेत विमोचन गरिएको छ ।