Breaking

बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध, पक्राउ परेकालाई रिहाइ गर्न माग


काठमाडौँ – काठमाडौँ उपत्यकाको फोहोर विसर्जनस्थल बञ्चरेडाँडाका स्थानीयहरुले आज पनि अवरोध गरेका छन् ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार पक्राउ परेकालाई रिहाई गर्न माग गर्दै स्थानीयले बिहानैदेखि अवरोध गरेका हुन् ।

काठमाडौं उपत्यकाको फोहोर उठ्न नसक्दा सहर दुर्गन्धित भएको छ । सरकारले गरेको सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयहरु आक्रोशित हुँदै आएका छन् ।