काठमाडौँ — बाबुराम–बामदेवलाई भित्र्याएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कद बढेको महसुस गरेका छन् । तर सबै शक्तिलाई एक ठाउँमा ल्याएर नेता बन्ने चाहना त्यति सहज भने देखिएको छैन । जब २०७२ को असोज ३ गते संविधान जारी भयो, त्यसको ६ दिनपछि माओवादी त्याग गरेका बाबुरामका लागि माओवादी, माओवादी रहेन ।
त्यसयता माओवादी खाओवादी भयो, बाबुरामका नजरमा महान जनयुद्धका सर्वाेच्च कमाण्डर प्रचण्ड खाओवादको नाइके बने । हरेकपटकका सार्वजनिक आलोचनामा बाबुरामले बाहिर माओवादी, भित्र खाओवादी भन्दै प्रचण्डमाथि तीखो प्रहार गरिरहे । ९ अर्ब खाएको आरोप त खुलेआम लगाएका थिए ।
डा. बाबुराम भट्टराई, अध्यक्ष, नेसपातर छुट्टीएको सातबर्षपछि अहिले फेरि सँगै मिलेर खाने मौका आएपछि बाबुराम खाओवादीको हिस्सा बनेका छन् । प्रचण्डसँग भिक्षा थापेर बसिरहेका उनी पार्टी एकता गर्ने बताउँछन् ।
अब प्रचण्डको आत्मबल बढेको छ ।किनकि प्रचण्ड चाहन्थ्ये पुनः एकपटक पूर्वमाओवादीहरुलाई एक ठाउँमा ल्याएर त्यसको नेता बनौं । तर जहिल्यै बाबुराम बाधक बन्दै आएपछि प्रचण्डसफल भएनन् । अहिले उनीहरुबीच प्रेम र घृणाको खेल ‘क्लाइम्याक्स’तिर पुगेपछि प्रचण्ड पनि सात बर्षपछि बाबुरामलाई झेल्न तयार भएका छन् । यसको ठूलो अर्थ छ भनेका उनले,वैद्य र विप्लवहरु पनि विस्तारै आफ्नै कित्तामा आउने संकेत गरेका छन् ।
आफ्नो राजनीतिक जीवनकालमा तीनवटा पार्टी निर्माण गर्दा‘गोल्डेन टाइम’ खर्चिएका बाबुराम सबै अभ्यासबाट असफल भएपछि चौथो पार्टी बनाएका छन् । जनयुद्धको रापतापबाट आएर पनि त्यसयता सधैं तेस्रो शक्तिका रुपमा खुम्चिन बाध्य बनेका प्रचण्ड समेत माओवादीकै नामले अब राजनीति नहुने निष्कर्षमा छन् ।उनीहरुबीच अहिले एक–अर्काेको आवश्यकता खड्किएपछि दुबै एक ठाउँ उभिन बाध्य बनेका हुन् । यसलाई एउटा चुनावी गठजोडमात्रै नभएर समाजवादी पार्टी बनाउने सुरुआतीका रुपमा समेत बुझेका छन् ।
तर यहीनिर केहीसमय यता समाजवादी केन्द्र बनाउने चर्चा चलिरहेको छ । जसलाई बाबुरामकै सिद्धान्तका रुपमा बुझ्न सकिन्छ ।यसर्थ बाबुराम प्रचण्डको घरमा ओत लाग्न नभइ प्रचण्ड कतै बाबुरामको सिद्धान्तमा आएका त होइनन् भन्ने प्रश्न पनि छ । तथापी प्रचण्डको अर्काे स्वार्थ भने, ओलीबाहेकका कम्युनिष्टहरुको एकता हो ।
कम्युनिष्ट आन्दोलनको भडुवा आफु नभई ओली नै थिए भन्ने प्रमाणित गर्नका लागि पनि विचार मिल्ने सबै शक्तिलाई गोलबद्ध गर्ने र त्यसको नेता आफै बन्ने प्रचण्डको कसिलो नीति छ ।तर अझै पनि, बाबुराम जस्तै वामदेवलाई समेत भित्र्याएर हर्षविभोर बनेका प्रचण्डलाई वैद्य, विप्लव र बादल जस्ता पुराना सहयात्री फर्काएर एउटा शक्ति निर्माण गर्नेसाइत जुरेको छैन ।


प्रतिक्रिया