Breaking

अध्यक्ष ओलीको चुनौती: मेरो २० अर्ब सम्पत्ति पुग्यो भने सबै उसैलाई दिन्छु


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग २० अर्ब सम्पत्ति छ भनेर भ्रम फैलाएको दाबी गरेका छन् । पूर्वमन्त्री हेमराज राईसहित जसपाका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले आफ्नो नाममा २० अर्ब भएको देखाउनेलाई सबै पैसा दिने चुनौती दिए ।

ओलीले भने, ‘२ खर्ब छ रे केपी ओलीसँग, २ खर्ब त हैन २० देखि ४० अर्ब छ केपी ओलीसँग । कहाँ छभन्दा रिजर्भ बैंकमा छ । सम्पत्ति पत्ता लगाइदियो भने ९९ प्रतिशत हैन, शतप्रतिशत म उसकै नाममा गरिदिन्छु ।’

आफ्नो नाममा २० अर्व देखाउन सक्ने एकैपटक मालिक हुने भन्दै टिप्पणी गरे । उनले केही परिचालित व्यक्तिहरुले ओलीले धेरै पैसा राखेको भन्दै भ्रम फैलाउन लगाएको बताए । त्यस्ता व्यक्तिहरुको काम नै त्यस्तै हुने गरेको उनको भनाइ छ ।