विदेश

रुसले कब्जा गरेको क्रिमियाको हतियार भण्डारण केन्द्रमा विस्फोट


काठमाडौँ — क्रिमियामा रहेको रुसी सैन्य आधार शिविरमा युक्रेनी आक्रमण भएको एक सातापछि अर्को सैन्य केन्द्रमा रहेको हतियार भण्डारण केन्द्रमा श्रृंखलावद्ध विस्फोट भएको बीबीसीले जनाएको छ । सामाजिक सञ्जालमा शेयर भएका भिडियोमा हतियार भण्डारण केन्द्रमा निकै बेरसम्म कैयौँ विस्फोट भएको थियो ।

गत हप्ता क्रिमियाको तटमा रहेको ‘ब्ल्याक सी बेस’मा रुसी लडाकु विमान ध्वस्त भएका थिए । रुसले उक्त विष्फोट युक्रेनले गराएको आरोप लगाएको छ । तर, युक्रेनले आक्रमणलाई सार्वजनिक रूपमा स्वीकार गरेको छैन