Breaking

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ८४ दलको निवेदन


काठमाडौँ — निर्वाचन आयोगका अनुसार ८० दलको एकल र एकै चुनाव चिह्नबाट लड्न चार संयुक्त निवेदनसहित ८४ दलको निवेदन परेको छ । मओवादी केन्द्र र नेसपासहित १२ दलले संयुक्त चुनाव चिह्नबाट निर्वाचन लड्न निवेदन दिएका छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निवेदनमाथि छानबिन गरी दल दर्ताको मान्यता दिइने बताउनुभयो ।

निवेदनमाथि छानबिन गरी आयोगले दल दर्ताको मान्यता दिनेछ । निवेदन कानुनबमोजिम छन् कि छैनन्, सबै कागजात छ कि छैन भन्ने परीक्षण हुने उहाँले बताउनुभयो । सबै परीक्षण गरेर दलहरूलाई दर्ताको प्रक्रियामा आजबाट लाने उहाँले बताउनुभयो ।