Breaking

बञ्चरेडाँडामा सशस्त्र प्रहरी परिचालन


काठमाडौँ — काठमाडौं महानगरपालिकाको नगर प्रहरीका नायब उपरीक्षक पूर्णचन्द्रले भट्टले अहिले बञ्चरेडाँडामा फोहोर खसाउन थालिएको बताएका छन् । आज पनि स्थानीयले केही अवरोध पुर्‍याउन खोज्नुभएको थियो,’ उनले भने, ‘सशस्त्र प्रहरी पनि खटाएर फोहोरका गाडी बञ्चरेडाँडामा पुर्‍याउने काम भइरहेको छ ।

भट्टका अनुसार बञ्चरेडाँडामा काठमाडौं, नुवाकोट, धादिङ प्रहरी र सशस्त्र प्रहरी गरी तीन सयको हाराहारीमा प्रहरी खटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख र नुवाकोटका प्रहरीका प्रमुख पनि त्यहाँ खटिएका छन् । आइतबार बिहानै तारेकश्वर नगरपालिका(३, आठमाइलको खोलाको मुहानमा फोहोर फालेको र दिउँसो गाडीले बाख्रा मारेको भन्दै बञ्चरेडाँडामा फोहोरका गाडी रोकिएका थिए ।

मंगलबार पनि फोहोर बोकेर गएका गाडीलाई सिसडोल र बञ्चरेडाँडाको बीचमा पर्ने आलेटारमा रोकिएको थियो । केही समूहले दिनभरि डाँडामा बसेर गाडीमाथि ढुंगा हानेका थिए । अवरोध हटाउन गएको प्रहरीमाथि नै ढुंगामुढा गरिएपछि पाँच राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताएका थिए ।