काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) का उपाध्यक्ष तथा पूर्वमन्त्री हेमराज राई एमाले प्रवेश गर्दैछन् । राईलाई आज एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउन लागेका हुन् ।
१२ बजे एमाले पार्टी कार्यालयमा राईसहित जसपाका १० जना केन्द्रीय सदस्यहरु एमाले प्रवेश गर्न लागेका हुन् । राईले एमालेका तत्कालीन उपाध्यक्ष अशोक राईसँगै २०६९ साल असोज १८ मा एमाले परित्याग गरेका थिए ।
उनी गत माघमा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार थिए । तर एमालेका सोनाम गेल्जेन शेर्पासँग पराजित भएका थिए।


प्रतिक्रिया