समाचार

प्लास्टिकका झोला उत्पादन र बिक्री वितरणमा आजदेखि रोक


काठमाडौँ — सरकारले आजदेखि ४० माइक्रोन भन्दा पातालो प्लाष्टिकको झोला उत्पादन, आयत, बिक्री वितरण तथा प्रयोगमा पूर्ण रुपमा रोक लगाएको छ ।

वातावरण विभागले एक सुचना जारी गर्दै ४० माइक्रोन भन्दा पाताला प्लाष्टिकमा प्रतिबन्ध गरेको जनाएको हो । २०७८ माघ १७ नै प्लाष्टिकका झोला प्रतिबन्ध गरेपनि कोभिड–१९ को प्रकोपका कारण केही समय अनुगमन गर्न नसकेकोेले कर्डाइका साथ कार्यन्वयनमा समस्या भएको विभागले उल्लेख गरेको छ ।

वातावरणीय संरक्षणका दृष्टिले अत्यन्त महत्वपूर्णरहेको प्लाष्किका झोला प्रतिवन्धको नीति आजदेखि थप कडाईका साथ लागु गर्ने विभागले जनाएको छ ।

आजदेखि ४० माईक्रोनभन्दा पातलो प्लाविक झोला उत्पादन, आयात, बिक्रीलाई पुर्ण रुपमा प्रतिबन्ध गरेको जनाउँदै आजदेखि अगुमानलाई तिब्रता दिइएने र अटर गरेमा कारबाही हुने विभागले स्पष्ट पारेको छ ।