Breaking

सर्दु खोलामा श्रमदान गर्न प्रचण्डलाई साम्पाङको निम्तो


काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाले मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

प्रचण्डको निवास खुमलटार पुगेर मेयर साम्पाङले भेट गरेका हुन् । प्रचण्डले साम्पाङ र बेघा दुवैलाई खादा लगाइदिएर त्यहाँ स्वागत गरे । त्यसक्रममा साम्पाङले प्रचण्डलाई धरानको खानेपानी संकट टार्न भइरहेको प्रयासबारे जानकारी दिँदै सर्दु खोलामा श्रमदान गर्न निम्तो पनि दिएका छन् ।

धरानको विकासका लागि आवश्यक बजेटसहितका माग लिएर काठमाडौँ आएका दुवैजना अहिले राजनीतिक भेटमा जुटेका छन् । खुमलटारको भेटपछि हर्कले सामाजिक सञ्जालमार्फत आफूले प्रचण्डलाई सर्दुखोलामा श्रमदानका लागि निम्तो दिएको बताएका छन् ।