Breaking

बञ्चरेडाँडामा स्थानीयले अवरोध गरेपछि प्रहरीले हवाई फायर गर्यो


काठमाडौँ — काठमाडौ‌को फोहोर फाल्न स्थानीयले अवरोध गरेपछि बञ्चरेडाँडामा प्रहरीले हवाई फायर गरेको छ । मंगलबार दिउँसो काठमाडौंबाट लगिएको फोहोरका गाडीलाई स्थानीयले रोकेका छन्। फोहोरका गाडीलाई अवरोध पुर्‍याएपछि प्रहरीको सुरक्षा घेराबीच बञ्चरेडाँडामा फोहोर फाल्ने गरिएको छ ।

स्थानीयलाई सम्झाउँदा पनि नमानेपछि र प्रहरीमाथि ढुंगामुढा गरेपछि पाँच राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । हामीले माइकिङ गरेर स्थानीयलाई सम्झाउन खोज्यौं, तर मानेनन् । हामीमाथि अत्याधिक ढुंगामुढा गरेपछि पाँच राउन्ड हवाई फायर गरिएको छ,’ उनले भने ।