Breaking

प्रदेश सभामा २ र प्रतिनिधि सभामा १ सिट वामदेव गौतमको दाबी


काठमाडौँ — नेकपा माओवादी केन्द्रको चिह्नबाट चुनाव लड्ने निर्णय गरेका वामदेव गौतमले प्रदेश सभामा २ र प्रतिनिधि सभामा १ सिट दाबी गरेका छन् । गौतमले यही दाबीका साथ माओवादी केन्द्रको चिह्नबाट आसन्न निर्वाचनमा भाग लिन लागेको बताएका हुन् । माओवादीको चुनाव चिह्न आफूहरुलाई सहज लागेको गौतमले बताए ।

उनले यो पार्टी एकीकरण नभई चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन लागेको मात्र भनेर प्रष्ट्याए । नेकपा माओवादी केन्द्रको आज बिहान बसेको स्थायी कमिटी बैठकले वामदेव गौतम र बाबुराम भट्टराई नेतृत्वको नेसपालाई गोलाकार भित्रको हसिया हथौडा चिह्नमा चुनाव लड्न दिने निर्णय गरेको छ ।