काठमाडौँ — अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाँच हजार घुससहित एक जना पलम्बरलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महांकाल चौर शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस मागेको सूचना आयोगमा आएको थियो ।
आयोगको टोलीले खुलाललाई सेवाग्राहीबाट पाँच हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा मंगलबार पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।


प्रतिक्रिया