राजनीति

डम्बर खतिवडाले छाडे बाबुरामको साथ


काठमाडौँ — नेपाल समाजवादी पार्टीका नेता डम्बर खतिवडाले पार्टीको साधारण सदस्य त्यागेको घोषणा गरेका छन् ।

नेता खतिवडाले बुधबार बिहान एक ट्वीट सन्देशमार्फत् पार्टी परित्यागको घोषणा गरेका हुन् ।

‘करिब ८ वर्षको सहकार्यका लागि डा। बाबुराम भट्टराई र साथै करिब ३ वर्षको सहकार्यका लागि उपेन्द्र यादव र उहाँहरुको टिमप्रति आभारी छु,’ खतिवडाले लेखेका छन्, ‘आजबाट जसपा-नेसपा लफडाबाट पूर्णतस्मुक्त छु । नेसपा – माओवादी एउटै चिन्ह हँसिया हथौडाबाट चुनाव लड्ने निर्णयपछि अब म नेसपाको साधारण सदस्य पनि रहिनँ ।’