काठमाडौँ – नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले आसन्न निर्वाचनमा एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने जानकारी आज निर्वाचन आयोगलाई गराउँदै छन् ।
आज दिउँसो १ बजे माओवादी केन्द्र र नेसपाका नेताहरु निर्वाचन आयोगमा गएर एउटै चिह्न लिएर चुनावमा भाग लिने जानकारी गराउने माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
माओवादी केन्द्र र नेसपाबीच मंसिर ४ को प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा एउटै चुनाव चिह्न र साझा घोषणा पत्र बनाएर भाग लिने सहमति भइसकेको छ । सहमति अनुसार डा. भट्टराई नेतृत्वको नेसपाका उम्मेदवार माओवादी केन्द्रको गोलाकारभित्रको हसिया हथौडा चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने छन् ।


प्रतिक्रिया