पर्यटन

टानको अध्यक्षमा बास्तोला निर्वाचित


काठमाडौँ – पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को अध्यक्षमा निलहरि बास्तोला निर्वाचित हुनु भएको छ ।

काठमाडौँमा सोमबार सम्पन्न अधिबेशनबाट प्रतिस्पर्धी रामप्रसाद सापकोटालाई पछि पारेर वास्तोला विजयी हुनु भएको हो । बाँस्तोलाले ६१६ मतल्याएर विजयी हुँदा रामप्रसाद सापकोटाले २६४ र बोधराज भण्डारीले ४४ मतल्याउनुभएको छ ।

त्यसै गरी समितिको अन्य पदाधिकारीमा बरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रतित पण्डित, द्धितिय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सहकोषाध्यक्षमा छिरिङ दोर्जे शेर्पा र सचिवमा होमनाथ खड्का निर्वाचित हुनुभएको छ ।

सदस्यहरूमा रामप्रसाद बन्जारा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा र कृष्ण परियार निर्वाचित हुनु भएको छ । निर्वाचनमा ९५१ मत खसेको थियो ।