Breaking

साउनको अन्तिम सोमबार,शिवालयहरुमा शिवको विशेष पूजा आराधना


काठमाडौँ — आज साउनको अन्तिम सोमवार, देशभरका शिवालयमा भगवान शिवको विशेष पूजा आराधना गरियो, विधिवत गरिएको पुजाले मनोकांक्षा सिद्ध हुने जनविश्वासका साथ आज साउनको पाँचौ र अन्तिम सोमवार,मुलुकभरका शिवालयहरुमा भगवान शिवको विशेष पूजा आराधना भएको छ । हिन्दुधर्मवलम्विहरुले साउने सोमवारलाई विशेष धार्मिक महत्वका साथ लिने गर्दछन् । साउनको सोमबार आफू र परिवारको सुस्वास्थ्य र दीर्घायु कामना गर्दै व्रत बस्ने परम्परा रहिआएको छ । आज साउनको पाँचौ र अन्तिम सोमवार,मुलुकभरका शिवालयहरुमा भगवान शिवको विशेष पूजा आराधना गरी मनाइएको छ । काठमाडौको पाशुपत क्षेत्र सहित देशैभरको शिव मन्दिरहरुमा विहानै देखि श्रदालु भतmजनहरुको घुइँचो लागेको थियो ।

हिन्दुधर्मवलम्विहरुले साउनलाई धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले विशेष महिनाको रुपमा लिने गर्दछन् भने साउने सोमबारका दिन पूजा आराधना गर्नाले मनो कामना सिद्ध हुने जनविश्वास रहिआएको छ ।साउने सोमवारमा विशेषगरी हिन्दु महिलाहरुले भगवान शिवको उपासना गर्दै निराहार व्रत वस्ने पुरानो चलन छ । यो दिन निराहार व्रत वसी शिवजीको पुजाआरधना गर्दा आफ्नो मनोकांक्ष पुरा हुने तथा आफू र परिवारको सुस्वास्थ्य, दीर्घायु प्राप्त हुने जनविश्वास छ ।

ज्योतिषशास्त्र अनुसार सोमबारको स्वामी भगवान् शिवलाई मानिन्छ । शिवको अर्थ कल्याण हो। विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने जनविश्वासका कारण शिवको उपासना गर्ने परम्परा वैदिक कालदेखि नै चलेको मानिन्छ। साउने सोमवार चन्द्रमा र शिव भगवानको पुजाआराधनाकै लागि विशेष मानिन्छ । यो वर्ष साउनमा ५ वटा सोमबार परेको र अन्तिम सोमवार भएकाले शिव मन्दिरहरुमा भतmजनहरुको घुँइचो स्वभाविक हो । पहिलोपटक व्रत लिनेहरूले ५ वटा सोमबार परेको वर्षमा व्रत बस्ने चलन समेत रहेको छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्तीको आधारमा महिलाहरूले यसलाई बढी महत्व दिने गरेका छन् ।