काठमाडौँ — बञ्चरेडाँडा सिसडोलका स्थानीयले भदौ १ देखि गर्ने भनेको आन्दोलन फिर्ता लिएका छन्। आइतबार बसेको मन्त्रिपरिषद बैठकले सहरी विकास मन्त्रालयलाई सम्झौता कार्यान्वयन गर्न निर्देशन दिएको थियो।
तीन महिनाभित्र समस्या समाधानको संयुक्त प्रतिवेदन मन्त्रिपरिषदमा पेस गर्ने निर्णयसँगै भदौ १ देखि गर्ने भनेको आन्दोलन फिर्ता लिएको संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए।
उनका अनुसार विगतमा भएका सम्झौता कार्यान्वयन गर्न साउन ३१ सम्म सरकारलाई समय दिइएको थियो। अल्टिमेटम सकिनु केही दिनअघि मात्रै सरकारले प्राविधिक परामर्शदातासहितको समिति गठन गरेको जानकारी दिएपछि भदौ १ देखि बञ्चरेडाँडामा फोहोर लैजान दिने निर्णय गरिएको ढुंगानाले बताए।


प्रतिक्रिया