समाचार

भदौ २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन हुने


काठमाडौँ — आगामी भदौ २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन हुने भएको छ। नेपाल सरकार र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा चौथो संस्करण हुनलागेको हो। विकासका लागि पूर्वाधार नारामा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन्। परिसंघले २०१४ मा पहिलो पटक पूर्वाधार सम्मेलन गरेको थियो।

त्यसपछि २०१७ र २०१९ मा सम्मेलन गरेकोमा भदौ अन्तिममा चौथो सम्मेलन गर्न लागेको परिसंघका अध्यक्ष विष्णु अग्रवालले जानकारी दिए। अग्रवालले सम्मेलनले नेपालको पूर्वाधारमा बजेट वृद्धि हुँदै गएको बताए। उनले सम्मेलनबाटै सार्वजनिक निजी साझेदारी पीपीपी मोडलसम्बन्धी कानुन बनाउन सहयोग पुगेको बताए।