काठमाडौँ — आज र भोलि जनप्रतिनिधिलाई प्रशिक्षण दिइने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । ललितपुरको हेरिटेज गार्डेनमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेपछि दुई दिनसम्म प्रशिक्षण चल्ने छ । उपसभापति पूर्णबहादुर खड्का प्रमुख रहेको कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जनप्रतिनिलाई प्रशिक्षण दिन लागेको हो ।
स्थानीय सरकार सञ्चालनलगायत विषयमा प्रशिक्षण केन्द्रित हुने कांग्रेसले जनाएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, गाउँ÷नगरका प्रमुख तथा उपप्रमुख सहभागी रहने छन् । कांग्रेसले गत स्थानीय निर्वाचनमा ७५३ पालिकामध्ये ३२९ पालिका प्रमुख जितेको थियो ।


प्रतिक्रिया