विदेश

चर्चमा आगो लाग्दा १५ बालबालिकासहित ४१ जनाको मृत्यु


काठमाडौँ — इजिप्टको कोप्टिकस्थित एक चर्चमा आगो लाग्दा १५ बालबालिकासहित कम्तिमा ४१ जनाको मृत्यु भएको छ । राजधानीको उत्तर पश्चिमस्थित इम्बाबामा रहेको अबु सिफाइन चर्चमा लागेको आगलागीको कारण भने खुलिनसकेको भए पनि विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उद्धारमा खटिएका चार प्रहरीसहित १६ जना घाइते भएका छन् ।

आगलागी नियन्त्रण गर्न सम्भाव्य सबै कदम चालिएको राष्ट्रपति अबदेल फताह अल सिसीले बताएका छन् । यसैबीच आगो नियन्त्रणमा लिइएको अग्नि सेवाले जनाएको छ । कोप्ट्स मध्यपूर्वमा सबैभन्दा ठूलो ईसाई समुदाय हो । इजिप्टको १०३ मिलियनमध्ये १० मिलियन मान्छे यो समुदायअन्तर्गत पर्छन् ।