काठमाडौँ — नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ । आजको बैठकमा आसन्न निर्वाचनको रणनीति, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपा सँगको सहकार्यलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।
भट्टराईले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लगभग सहमति जनाएका छन् । आइतबार निर्वाचनमा एकै चुनाव चिन्ह र घोषणा पत्र बनाएर जाने विषयमा उनीहरूबीच छलफल भएको थियो । बाबुराम गोरखा २ बाट चुनाव उठ्ने तयारीमा छन् । समाजवादी केन्द्र बनाउने तयारी गरे पनि अहिलेका लागि भने चुनावी मोर्चा बनाएर जान बाबुराम र प्रचण्ड सहमति नजिक छन् ।


प्रतिक्रिया