काठमाडौँ — प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिए सँगै दलहरू चुनावी रणनीति तय गर्न व्यस्त छन् । आन्तरिक बैठक, छलफल र सभा सम्मेलनले शीर्ष नेताहरूलाई भ्याइ नभ्याइ छ ।यस्ता कार्यक्रममा सबैभन्दा सक्रिय एमाले अध्यक्ष केपी शर्मा ओली छन् । ओली पार्टीका हरेक कार्यक्रममा आफैँ पुगेर कार्यकर्तालाई हौसाइरहेका छन् ।
स्थानीय निर्वाचनमा पाँचदलीय गठबन्धनलाई पराजित गर्र्दै पहिलो शक्तिबन्ने एमाले अध्यक्ष केपीशर्मा ओलीको अठोट पूरा हुन सकेन । अरु, २०७४ को स्थानीय तह निर्वाचनमा जितेका करिब सय पालिका एमालेले गुमाउनपुग्यो । यद्यपि,ओलीले हार मानेका छैन्न । पार्टीको आन्तरिक गतिविधिदेखि सार्वजनिक मञ्चहरुमा गठबन्धनलाई सकेज तिगाली गरेर कार्यकर्तालाई हौसाइरहेका छन् । स्थानीयतहनिर्वाचनको लोकप्रियमतमा एमाले नै पहिलो शक्ति रहेको ओलीको जिकिर छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनलाई पराजित गर्दै एमालेले विजयको झण्डा फहराउने ओलीको दाबी छ ।
सत्तारुढ गठबन्धनका दलहरुले आगामी निर्वाचनमा पनि सहकार्य गरेर जाने सहमति गरिसकेका छन् । सत्तारुढ गठबन्धनमा लोसपालाई समेत सहभागी गराउने तयारी छ । यद्यपि, सिट बाँडफाँड जटिल भएकाले जति बेलापनि गठबन्धन टुट्न सक्ने विश्लेषण समेत भइरहेका छन् । एमालेले पनि निर्वाचनमा राप्रपासहित सत्ता बाहिरका दलहरुसँग सहकार्यको प्रयास गरिरहेको छ । आगामी निर्वाचनमा अन्यदलसँग सहकार्य गर्नेदेखि आफ्नै पाटीपंक्तिलाई सक्रिय र सशक्त बनाउने अभियानमा ओली छन् । शनिवार काठमाडौंमा आयोजित लोकतान्त्रिक शेर्पा संघको दोस्रो महाधिवेशनमा शेर्पाको पोशाकमा सजिएका ओलीले शेर्पाको साहसको प्रसंशामात्रै गरेनन्, सत्तारुढ गठबन्धनलाई खुइल्याउन सम्मभ्याए ।
एमाले निकट शेर्पाहरुको संगठन लोकतान्त्रिक शेर्पा संघको दोस्रो महाधिवेशनले नाम्गेल शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शेर्पा गत स्थानीय तह निर्वाचन अघि माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका थिए । संघको वरिष्ठ उपाध्यक्षमा आङकाजी शेर्पा र महासचिवमा आङ पेम्बा शेर्पा चयन हुनु भएको छ । नव निर्वाचित अध्यक्ष शेर्पाले लोकतान्त्रिक शेर्पा संघ मार्फत समुदायभित्र राजनीतिक सचेतना जगाउनुका साथै हक अधिकार प्राप्तीका लागि पार्टीगत रुपमा पहलगर्ने प्रतिवद्धता जनाए ।
दोस्रो अधिवेशनमा शेर्पाहरुको बाहुल्यता रहेको सोलुखुम्बु रामेछाप,ओखलढुङगा,भोजपुर, संखुवासभा लगायत विभिन्न जिल्लाका प्रतिनिधिहरु काठमाडौंआएकाथिए । समुदाय भित्रनि पार्टीनिकट संगठनहरुले दुरदराजमा रहेका शेर्पाहरुमा राजनीतिक सचेतना वृद्धि गर्न मद्धत गरेको महाधिवेशन प्रतिनिधिहरुको बुझाई छ । समुदायको राजनीतिक विकास र प्रतिनिधित्व गर्न अधिकार प्राप्तीका लागि समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको उनीहरुको तर्क छ ।
हिमाल आरोहण मार्फत विश्वचर्चित बनेको शेर्पा समुदायले पछिल्लो समय राजनीतिक क्षेत्रमा समेत सक्रियता बढाएको देखिन्छ । तथापी राजनीतिक दलहरुले शेर्पा समुदायको अर्थपूर्ण प्रतिनिधित्व र सहभागीताका लागि भने कति जोडवल गर्छन भन्ने विषय आफैमा सोचनीय छ ।


प्रतिक्रिया