काठमाडौँ — संघीय राजधानी काठमाडौमा महिना दिनयता नियमित फोहोर उठ्न सकेको छैन । उपत्यकाको साँघुरो गल्लीदेखि मुख्य सडक छेउछाउ फोहोरको चाङले भरिन थालेको छ । यत्रतत्र थुप्रिएका फोहोरको डंगुर र दुर्गन्धले सर्वसाधरणको दैनिकी कष्टकर बनेको छ । कुनै राजनीतिक दलको झण्डा मुनिनपरी,नेताको चाकडी नगरी विशुद्ध धराने जनताको समस्या वकालत गरेर स्वतन्त्र रुपमाआफ्नो बलबुतोमा धरान उपमहानगरको मेयर बनेका मेयर हर्क साम्पाङ आइतवार काठमाडौ ओर्लिए । काठमाडौ ओर्लिएको केहि घण्टा नवित्दैउनले आफ्नो सामाजिक सञ्जालमा काठमाडौको फोहोर माथी व्यङग्यगर्दै लेखे काठ्माण्डौँको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डा खुल्डी बाटो भएपनि धरानै सफालागो प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो विजोग देख्दाश्रम दान गर्न मन लाग्यो !
मेयर साम्पाङले मात्र होइनअहिलेको अवस्थामा काठमाडौ ओर्लिने सबैले काठमाडौको सडक किनारमायत्रतत्र छरिएका फोहोरका डंगुर देखेर यहि भन्न बाध्य हुन्छन । संघिय राजधानी काठमाडौमा नियमित रुपमा फोहोर नउठेको महिना दिन बढि भयो । हप्तौदेखि काठमाडौका गल्लीदेखि मुख्य सडक छेउमै फोहोरको डङगुर थुप्रिएको छ ।थोरै वर्षा समेत थेग्न नसक्ने काठमाडौमा अहिले वर्षा भयो कि जल मग्न हुने सडकमासवारी साधन होइन फोहोरको भेल बग्छ । सडकमा सवारी साधन होइन थुप्रिएको फोहोर यत्रतत्र यात्रा गर्न थाल्छन । फोहोरको डङ्गुर र दुर्गन्धका कारण कष्टकर बनेको सर्वसाधरणको दैनिकी र सडकको फोहोर वारे कस्लाई थाह छैन र? सबै जानकार छन । तर फोहोरको दीर्घकालीन रुपमा व्यवस्थापन गर्नको सट्टा यसलाई राजनीतिक दाउपेच बनाई राखेका छन । नपत्याए यो सुनौं त ।
नागरिकको समस्या सम्बोधनगर्नु सबैको उत्तिकै दायित्व हुन्छ । तर काठमाण्डौको फोहोरको ब्यवस्थापन गर्ने जिम्मा मेयर वालेनको मात्रहो ? संघीय सरकारले हस्तक्षेपकारी पहल किन गर्दैन ?सघिय सरकार,प्रदेश सरकार, सरकारी पार्टी,विपक्षीदल के सत्ता र भत्ताको लागिमात्रहो ? अरु सरोकारवालाको भूमिका खै ?वर्षौंदेखि हुने गरेको फोहोरमाथिको राजनीतिले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन थप जटिल बनिरहेको छ । नीतिगत निर्णय गर्ने अहोदामा बसेकाहरु आश्वसनमै रमाईरहेका छन ।
उपत्यकाका चोक तथा गल्लीमा हरेक वर्षायाममा जस्तै अहिले पनि फोहोरको डंगुर र दुर्गन्धले मानव स्वास्थ्यमा समेत जटिलता बढ्ने डर छ । सर्वसाधरणको दैनिकी कष्टकर बनिरहेको छ । अझै पनिप्रदेश तथा संघले पहल नगर्ने हो भने वर्षात र चर्को घाममा फोहरबाटै महामारी फैलने जोखिम बढ्ने निश्चित छ । यसतर्फ सबैको ध्यानकर्षण हुन जरुरी छ ।


प्रतिक्रिया