देश

सबै तहका निजामती कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गर्ने सरकारको निर्णय


काठमाडौँ — सरकारले सबै तहका निजामती कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गर्ने निर्णय गरेको छ । यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तलबमान र ग्रेड स्वीकृत भएको बताउनुभयो ।

प्रवक्ता कार्कीका अनुसार सरकारले साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९÷०८० को नयाँ तलवमान र ग्रेड सरकारले स्वीकृत भएको हो । सरकारले विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि लागि प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर (करिव १२ अर्ब ७० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।