Breaking

गठबन्धनको सरकारले राजनीतिलाई दुश्मनीतिर लैजान खोज्दै छ : ओली


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकारले राजनीतिलाई दुश्मनीतिर लैजान खोजेको आरोप लगाउनुभएको छ । आज काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कहिले जातका नाममा, कहिले भुगोलका नाममा नेपालीलाई भिडाउन खोजिएको बताउनु भयो ।

उहाँले अहिलेको नेपाली समाजलाई स्वस्थ प्रतिष्पर्धातिर जानुपर्ने बताउनु भयो । अध्यक्ष ओलीले उहाँले जातको पहिचान खोज्ने नभइ सबै नेपालीले नेपाली पहिचान खोज्न आवश्यक रहेको बताउनु भयो । उहाँले जातको पहिचानको नाममा एकले अर्कोलाई घृणा गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताउनु भयो । अध्यक्ष ओलीले नेपालीलाई अनेक प्रकारका जातियताका नाममा विभाजन गर्न खोजिएको बताउनु भयो ।