देश

बजेट कार्यक्रममा उल्लेख भएअनुसारनै तलब वृद्धि भएको छ : अर्थमन्त्री शर्मा


काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षदेखि समान मर्यादाक्रमका कर्मचारीहरुलाई समान तलब सुविधा गराउने प्रस्ताव गरेका थिए। उनले मन्त्रिपरिषदमा गरेको प्रस्तावअनुसार निर्णय भने हुन सकेन। मन्त्रिपरिषदले भने बजेट कार्यक्रममा उल्लेख भएअनुसारको १५ प्रतिशत नै तलब वृद्धि गर्ने उल्लेख गरेको छ। मन्त्रिपरिषदले सरकारले आर्थिक वर्ष २०७९र०८० का लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान लागू गर्ने निर्णय गरेको हो।

साउन २६ गते आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान र ग्रेड लागू गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र, नेपाल स्वास्थ्य, संसद सेवा तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि नयाँ तलबमान लागू हुने मन्त्रिपरिषदले सरकारले बजेटमार्फत सबै कर्मचारीको तलब १५ प्रतिशत वृद्धि गरेको थियो। सोहीअनुसार मन्त्रिपरिषद्ले नयाँ ग्रेड तोक्ने निर्णय गरेको हो। अर्थमन्त्री शर्माले भने तलब दिने कर्मचारीदेखि नियुक्त भएका विभिन्न अधिकारीहरुलाई मर्यादा क्रम तोकिएको छ।