Breaking

नागरिकता विधेयक प्रमाणिकरणमा ढिलाई,राष्ट्रपतिमाथि उठ्यो प्रश्न


काठमाडौँ — प्रतिनिधिसभाबाट पारित भएको नागरिकता विधेयक प्रमाणिकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले ढिलाई गरेको भन्दै संसदमा प्रश्न उठेको छ। जनता समाजवादी पार्टीकी सांसद लिलादेवी सिटौलाले राष्ट्रपतिको निष्पक्षतामाथि प्रश्न उठाएकी हुन्। केपी शर्मा ओली प्रधानमन्त्री हुँदा जारी गरेको नागरिकता अध्यादेशलाई तत्कालै प्रमाणिकरण गर्ने राष्ट्रपति भण्डारीले हाल ढिलाई गर्नु विडम्बना रहेको सिटौलाको भनाई छ।

केपी शर्मा ओलीले लगभग दुई तिहाई नजिकको सरकार तीन वर्ष चलाउनुभयो। २२ महिनासम्म नागरिकता विधेयक समितिमा छलफल भयो तर विधेयकका रूपमा उहाँले संसद्‌मा ल्याउनुभएन सिटौलाले संसदमा भनिन्, जब प्रधानमन्त्रीको कुर्सी हल्लियो तब उहाँले त्यही अहिले सरकारले विधेयकको रुपमा ल्याएर पास गरेको नागरिकता विधेयकलाई अध्यादेशको रुपमा ल्याउनुभयो।

राष्ट्रपतिले त्यो अध्यादेशलाई लालमोहर लगाउनुभयो। आज त्यही अध्यादेशको रुपमा केपी शर्मा ओलीले ल्याउनुभएको विधेयक संसद्‌मा आयो र पास भएर गयो तर उहाँले लालमोहर लगाउनु भएको छैन। यो विडम्बना हो। राष्ट्रपति पार्टीको नभई राष्ट्रको हुने भन्दै पदीय गरिमा अनुसार काम गर्न उनले राष्ट्रपति भण्डारीलाई सुझाएकी छिन्।