काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्पूर्ण चलअचल सम्पत्ति राज्यको नाममा गरिदिएको उल्लेख गर्दै अरू नेतालाई पनि सम्पत्ति राज्यको नाममागर्न चुनौती दिनुभएको छ ।
शनिबार लोकतान्त्रिक शेर्पा संघ नेपालको दोस्रो अधिवेशनलाई काठमाडौँमा सम्बोधनगर्नु हुँदै उहाँले प्रधानमन्त्री एवं नेपालीका कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई त्यस्तो चुनौती दिनुभएको हो ।
“मैले मेरो सम्पूर्ण सम्पत्ति राज्यको नाममा, संस्थाको नाममा दिएको छु । एउ टाले भनेछ– नेपालमा एक नम्बर भ्रष्टाचारी केपी ओली भनेर । मैले पार्लियामेन्टबाट बोलेको थिएँ–मेरो, मेरो र मेरो श्रीमतीका नामको सम्पूर्ण सम्पत्ति राज्यका नाममा, संस्थाको नाममा गर्दिएको छु । मेरो शेषपछि चलअचल सम्पूर्ण सम्पत्ति, ब्यांक ब्यालेन्स होस् कि, घर होस् कि, घडेरी होस् कि, जमिन होस् कि, गाडी होस् कि जे छ, मसँग त्यो सबै राज्यको नाममा हुुन्छ । संस्थाको हुन्छ । मेरो कसैले हकवाल भएर पनि खाँदैन । मैले कसैलाई जम्मा गरिदिनु छैन,”उहाँले भन्नु भयो,“त्यसरी मेरो हक लाग्ने जत्ति सम्पत्ति मैले राज्यलाई दान गरेँ भन्ने अर्को नेता निस्किए हुन्छ नि । त्यो निस्कने हिम्मत छैन । गर त दान ल ।
कुनै पार्टीको कुनै अध्यक्ष शेरबहादुर देउवा जीलाई म भन्छु– ल त सम्पत्ति दान गर्नुस् । आँट छ ? प्रचण्डलाई भन्छु म– गर्नुस् त । माधवकुमार नेपाललाई भन्छु । दशथरी फाइँफुर्ती किनगर्ने ? सम्पूर्ण सम्पत्ति राज्यलाई ल । सिद्धियो नि त । त्यो गर्न नसक्ने । अनि, केपी ओली सबभन्दा बढी भ्रष्टाचारी ?आफ्नो सम्पत्ति राज्यको नाममा दान गरेको छ, जोसँग केही छैन । राज्यलाई ठगेर लिइन्नँ । यति मैले भन्नुपर्छ ।”
अध्यक्ष ओलीले देशको राजनीतिलाई सही ढंगले अघि बढाउन एमालेको सरकार बन्नुपर्ने जिकिर गर्नुभयो । आसन्न निर्वाचनमा जनताले सही विश्लेषण गरेर निर्णय गर्ने उहाँको भनाइ छ ।
ओलीले लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक भए पनि अहिलेको गठबन्धनले भोट पाउनका लागि मात्रै गठबन्धन विस्तार गर्न खोजि रहेको दाबी गर्नुभयो ।
नेपाली कांग्रेस लौरो टेकेर पनि अडिन नसक्ने अवस्थामा पुगेर अरू दलको सहारा खोजि रहेको उहाँको टिप्पणी छ । लोकतन्त्रलाई कांग्रेसले गलत दिशामा लैजान खोजेको आरोप पनि उहाँले लगाउनु भयो । देश भित्रको दुस्मनीले बाह्य शक्तिले फाइदा लिन सक्ने भन्दै सबै सचेत रहनु पर्नेमा उहाँले जोड दिनुभयो ।
अध्यक्ष ओलीले देशको राजनीतिलाई सही ढंगले अघि बढाउन एमालेको सरकार बन्नुपर्ने जिकिर गर्नुभयो । आसन्न निर्वाचनमा जनताले सही विश्लेषण गरेर मतदानगर्ने उहाँले बताउनु भयो ।


प्रतिक्रिया