आगामीमंसिर ४ गते एकै चरणमा संसदीयनिर्वाचनहुँदैछ । निर्वाचनको मितिनिकिँदै गर्दा मर्यादितनिर्वाचनको पूर्व सर्त निर्वाचन सुरक्षावारे चासो बढेको छ ।निर्वाचनसुरक्षितबनाउन के कस्ता चुनौती देखा परेका छन् त ? मर्यादितनिर्वाचनको महत्वपूर्ण पूर्वशर्त सुरक्षितवातावरण हो ।निर्वाचनताका सबै भन्दा बढि छलफल हुने विषयपनिनिर्वाचन सम्बन्धी सुरक्षा र चुनौतीनै पर्ने गर्दछ । आगामीमंसिर ४ गते एकै चरणमा संसदीयनिर्वाचनहुँदैछ ।
दलहरुको चुनावी दौडधूप बढेकै छ । निर्वाचन गराउने जिम्मापाएको निर्वाचनआयोगले निर्वाचनको तयारीलाईतिव्रतादिएको छ । चुनावको तयारीकालागिनिर्वाचनआयोगले एक सय २० दिनको प्रस्ताव गरेपनि सरकारले एक सय ८ दिनको समय दिएर निर्वाचनमिति घोषणा गरेको थियो । निर्वाचनआयोगले निर्वाचन सुरक्षामा सरकारले विशेष ध्यानदिएअन्यव्यवस्थापनमाआयोग सक्षम रहेको बताएको छ ।
अनेक शंकाकाबीचएकै पटक स्थानीयतहनिर्वाचन सफलतापूर्वक सम्पन्नभइसकेको छ । वैशाखमा सम्पन्न स्थानीयतहनिर्वाचनमाकेहि छिटफुट बाहेक अप्रिय घटना भएन । विगतको अनुभव सहित पछिल्लो समय निर्वाचनआयोगले निर्वाचन सञ्चालनमा फड्को मारेको र आगामीनिर्वाचन सहजै रुपमा सम्पन्नगर्ने विज्ञहरुको तर्क छ ।
विगतकानिर्वाचनहरुको अनुभव, विभिन्न घटना तथामतदाताको चापलगायतकाआधारमासुरक्षाव्यवस्थामिलाउँदै आएको छ । सबै सुरक्षा संयन्त्रको प्रभावकारी परिचालन सहितम्यादीप्रहरी समेत निर्वाचनताका खटाउने गरेको छ । सुरक्षितनिर्वाचनको मुख्य योजना सुरक्षा रणनीतिक हो । गतनिर्वाचनमा सुरक्षानिकायले सोचे अनुरुप सुरक्षा रणनीति कार्यन्वयनभएको नभएको र गतनिर्वाचनमा देखिएका छिटफुट घटनालाई समेत नियन्त्रण गर्दै सुरक्षितनिर्वाचनकालागिसुरक्षा रणनीतिमा विशेष ध्यानदिनुपर्ने सुरक्षा क्षेत्रकाव्यतिmहरुको सुझाव छ ।
राजनीतिक परिर्वन र सम्बोधनसँगै निर्वाचनसँगअसहमति राख्ने दल र व्यक्तिहरु नभएकाले स्थानीयतहनिर्वाचनसरह संघिय निर्वाचनमापनिसुरक्षाको दृष्टिकोणले धेरै जोखिमवाचुनौतीपूर्ण नहुन सक्छ । तथापीनिर्वाचनमानसोचेका दुर्घटना आइलाग्नेतर्फ भने सजगर संवेदनशीलहुन जरुरी छ ।


प्रतिक्रिया