काठमाडौँ — काठमाडौँको फोहोर व्यवस्थापनबारे गफ लगाउन सबै नेताहरु विज्ञ छन् । फोहोर व्यवस्थापनको योजना नेतैपिच्छेका कोटको खल्तीमा रहँदा व्यवहारमा भने शून्य छ । काठमाडौँको फोहोर व्यवस्थापन यतिवेला ाउको दुखाईको विषय बनेको छ । नयाँ नेतृत्व आउनुभन्दा अघि उठिरहेको फोहोर अहिले विभिन्न कारण देखाउँदै उठ्न सकिरहेको छैन ।
जसका कारण संघीय राजधानी काठमाडौँ दुर्गन्धित बन्दै गइरहेको छ ।राजधानीमा भइरहेको फोहोर समस्याबारे अनविज्ञ कोही छैनन् । शहरी विकास मन्त्रालयदेखि लिएर प्रधानमन्त्रीसम्म यस विषयमा जानकार छन् । तर नेतृत्व भने समाधान तर्फभन्दा पनि चुनावी मुद्दा र सस्तो लोकप्रियताका लागि आश्वासन दिने काममा मात्रै व्यस्त छन् ।
फोहोर व्यवस्थापन महानगरको मात्रै क्षमताले हुने होइन । यसमा केन्द्रको पहली कदम आवश्यक छ । राजनीतिक नेतृत्वमा यदि इच्छा शक्ति हुने हो भने काठमाडौँको फोहोर सहजै व्यवस्थापन गर्न सकिने पूर्वशहरी विकास राज्यमन्त्रीसमेत रहिसकेका रामवीर मानन्धर बताउछन् । तर उनी आफै राज्यमन्त्री हुँदा भने फोहोर व्यवस्थापनमा केही उल्लेख्य काम गर्न सकेका थिएनन् ।
फोहोर व्यवस्थापनमा प्रत्यक्ष सरोकार राख्ने निकाय शहरी विकास मन्त्रालयले यसमा आफूहरुको ध्यान गएको बताए पनि प्रभाधकारी नतीजा भने देखाएको छैन । अहिले फोहोरको पैसा तिर्दै आइरहेका महानगरवासीले अब फोहोर दिए वापत उल्टै पैसा दिने योजनामा मन्त्रालय छ । ल्याण्डफिल साइड क्षेत्रका बासिन्दाको कष्टकर जिवनयापन बारे जनाकार मन्त्री त्यहाँका युवा युवतीको बिहे हुन नसकेकोमा पनि चिन्तित छन् ।
फोहोर व्यवस्थापनबारे लगाएको गफ हेर्दा सबै नेताहरु विज्ञ लाग्छन् । फोहोर व्यवस्थापन गर्ने योजना नेतै पिच्छेका कोटको खल्टीमा हुँदा ती योजनाहरु व्यवहारमा भने आउन सकेको छैन । झण्डा हालेका गाडी फोहोरमाथि कुदाउँनमा नै व्यस्त नेताहरुमा यो अवस्था आउनुमा कुनै हीनताबोध देखिँदैन । फलतः नागरिक राजधानीको सडकमै नाक थुनेर यात्रा गर्न बाध्य छन् ।


प्रतिक्रिया