Breaking

चुनावको मुखमा काँग्रेसमा कलह, कोइराला पक्षको छुट्टै भेला,विद्रोह हुनेसम्मको चेतावनी


काठमाडौँ — नजिकिँदो प्रदेश र संघको चुनावले सत्तागठबन्धनभित्रको रस्साकस्सीका वीच कांग्रेसभित्र पनि अन्तुष्टी बढ्न थालेको छ । तालमेल गरेर जाने कुरामा सहमती भएपनि पार्टीभित्रको आन्तरिक राजनीतिका बारेमा कोईराला पक्ष्लो अन्तुष्टी व्यक्त गर्दै आएको छ । यहिपरिस्थितीमा कोईराला पक्षका नेताहरुले छुट्टै वैठक समेत गरेका छन् । डा. शेखर कोईराला पक्षका विद्यार्थीहरुको विरोधका कारण उच्च सुरक्षा घेरामा सम्पन्न काग्रेस केन्द्रीय समिति बैठकले गठबन्धनसंग तालमेल गरेर जाने निर्णय गर्यो ।

स्थानीय तह निर्वाचनमा यसको शख्त विरोधी रहेको कोईरालापक्षले समेत यसलाई अन्तुष्टि नजानएपछि लाथ्यो कांग्रेसभित्रको कलह अवसाम्य हुने भयो । जबकी वैठककै दौरानमा प्रधानमन्त्री तथा पार्टी सभापती शेरबहादुर देउवा प्रति कोईराला पक्षले प्रश्नको बर्षा नै गराएको थियो । जसको प्रत्युउत्तरमा संस्थापन पक्षले महामन्त्रीहरु सेलिव्रेटि बन्न खोजेको भन्दै अन्तुष्टिहरु पार्टी प्यालेसमा नभई पार्टी कार्यालयमा राख्नु पर्ने भन्दै प्रतिप्रहार गरेका थिए ।

यी आरोपप्रत्यारोपकावीचमा तालमेलको निर्णय हुनुलाई शुभ सकेतका रुपमा हेरिएपनि एक महिनाभित्रै काँग्रेसमा पुन भाँडभैलो सुरु भएको छ । निर्वाचको मिति घोषणा भईसकेको र सत्ता गठबन्धनभित्र सिट बाडफाड बारे छलफल सुरु भएसंगै कोईरालापक्षले आफ्नो गतिविधी बढाएको छ।यहिवीचमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा टिकट वितरणमा मनपरी नगर्न चेतावनी नै दिएका छन ।

आफै सहभागी वैठकबाट टिकट बाडफाडको डान्युपुन्यु देउवाका हातमा दिएर निस्किएका केसीको यो आक्रोशको केहि घण्टामै कोईराला समुहले शनीरबा अनौपचारिक बैठक राखेको छ । नेता कोईराला र महामन्त्री गगन थापा लगायका व्यक्ती उपस्थिती नरहे पनि पार्टीमा दुई गुटको गतिविधि कामय रहेको यसले संकेत गरको छ ।

देउवाले हरेक निर्णय आफूखुसी गरेको आरोप लगाँउदै आएको कोईराला पक्षले यसविरुद्ध आफ्नो समूहको रणनीति बनाउन बैठक आयोजना गरेको हो । यसलाई पार्टीभित्र नेतृत्वले पेलेर जाने प्रवृत्ती विरुद्धको कदमका रुपमा बुझ्नु पर्ने सहभागी नेताहरुको भनाई छ । विगतबाटै छुट्टै भेला राख्ने र नेतृत्वलाई दवाव दिन समानान्तर गतिविधि गर्ने मनस्थितिमा रहेको कोइराला समूहका नेताहरुले यहि अवस्था कायम रहे विद्रोहको अवस्था आउन समेत चेतावनी दिएका छन ।

महाधिवेशन ताका आफूले सभापती नजिते पनि विगतमाझै गुटको राजनीति नगर्ने बताएका कोईरालाले आफ्नै वाचा विपरितका कार्य गर्दै आएका छन । कतिपयले भने यसलाई टिकटका हिस्सा माग्र्ने वार्नेनिङ भएको समेत टिप्पणी गर्दै आएका छन । यद्यपी पुराना कांग्रेस नेताहरु भने भातृसंठन,विभागको अवस्था र देउवाको केवल गठबन्धन मोहकावीच यो विद्रोह आवश्यक रहेको बताउछन ।

पार्टीभित्र सिद्धान्त र विधानसम्मत कार्य भन्दा पेलेर जाने प्रवृत्ती बड्दा आन्तरिक लोकतन्त्र खतरामा परेको उनीहरुको भनाई छ । हुन त कांग्रेसभित्र हार्ने र गनगनको राजनीति गर्ने पुरानै परम्परा हो । आफै सभापतीलाई वलियो बनाउने निर्णय गर्ने र आफै हेपिएको बताउने रोग कोईराला पक्षमा पनि सरेको छ । केन्द्रीय समितिमा वहुमतमा रहेका देउवाले गर्ने निर्णय विरुद्ध जान नसक्ने यो पक्षको अन्तुष्टि केवल गुनासोमै सिमित रहने पक्का छ ।